अन्तर्राष्ट्रिय Archives | Page 9 of 36 | नेपालमाला

 

एमसीसीको सीईओमा एलिस अलब्राइट

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो । एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई…

चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

मुम्बई : भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आज बिहान उनको ९२ वषको उमेरमा निधन भएको हो । लता मंगेशकरलाई करिब एक महिना अघि कोरोना संक्रमण भएको थियो । उनलाई सुरुमा कोरोनाको कुनै…

कोरोना खोप अनिवार्य गरिएकोमा क्यानडामा तीव्र विरोध, प्रधानमन्त्रीले घर छाडे

 काठमाडौं : ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर…

भारतमा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

काठमाडौं : भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ । त्यहाँ ८ महिनापछि कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ…

केही हप्तामै आधा युरोप ओमिक्रोन संक्रमित बन्छ : विश्व स्वास्थ्य संगठन

लन्डन : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ । आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो । डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि…

भारतमा भयावह बन्दै कोरोना : २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

नयाँदिल्ली : भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख…

अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

बाल्टिमोर: अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार मुटु प्रत्यारोपण गर्न…

ओमिक्रोन कहर : विश्वभर दैनिक २० लाख कोरोना संक्रमित थपिन थाले

काठमाडौं : आइतबारसम्म विश्वभर कुल ३० करोड ५१ लाखभन्दा बढी मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड-१९ बाट संक्रमित हुने कुल मानिसको संख्या ३० करोड नाघेको थियो । आवरवर्ल्डइनडाटाका अनुसार उक्त संख्या आइतबारसम्म बढेर ३० करोड ५१…

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु, बिहारमा पनि नयाँ प्रतिबन्ध

नयाँदिल्ली : भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका…

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

न्युयोर्क : अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका…

नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु

नयाँ दिल्ली : नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार…

भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

काठमाडौं : भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् । गत…

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जाकार्ता : इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन्…

भारतमा रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं : भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्डियन एयर फोर्सले पनि…

अमेरिकामा खोप लगाएका व्यक्‍तिमा ओमिक्रोन संक्रमण

न्युयोर्क : अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल : दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा…

ओमिक्रोन भेरियन्टबाट डराउनु पर्दैन : जो बाइडन

न्युयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् । ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने…