काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ । जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने…
प्रकाश सपुतको ‘पीर’ले माओवादीको टाउको दुखाइ, माफी मागेर युट्युवबाट हटाउन चेतावनी
काठमाडौं : गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् । गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद…
जेलेन्स्कीको दाबी : १३०० युक्रेनी सैनिक मारिए, ५०० रुसी सेनाले आत्मसमर्पण गरे
किभ : युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् । राजधानी किभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी…
घट्यो रेमिट्यान्स, माघमा ७२ अर्ब मात्रै भित्रियो
काठमाडौं : माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२…
कोरोनाको लक्षण नदेखिएकाले अनिवार्य पीसीआर नगराउनू : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोभि८-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ । शुक्रबार मन्त्रालयका सह-प्रववक्ता डा. समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई…
माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले…
पल शाहका म्यानेजर तनहुँबाट पक्राउ
काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ…
पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित
नयाँ दिल्ली : भारतको पञ्जाबमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम एक शक्तिशाली राजनीतिक सुनामी बनेर आएको छ । आम आदमी पार्टी (आप)ले ऐतिहासिक विजय हासिल गर्दा आफ्नो आधार क्षेत्रबाट भारतीय कांग्रेस पार्टी नराम्ररी बढारिएको छ । चुनाव चिह्न झाडु भएको आपले…
मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नम्रता अमेरिका प्रस्थान
काठमाडौं : मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नेपालकी सुन्दरी नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गरेकी छन् । कोरोना भाइरसको महामारीले रोकिएको यो वर्ल्ड इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउन पाएकोमा त्यसमा नम्रता पनि छानिएकी थिइन् । आगामी मार्च १६ र १७…
कांग्रेसमा ‘छायाँ सभापति’ कति सम्भव ?
काठमाडौं : नेपाली कांग्रेसले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचन लक्षित एक महिने अभियान घोषणा गर्दा सभापति शेरबहादुर देउवा उपस्थित भएनन् । पदाधिकारीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई ल्याउन नचाहेका होइनन्, तर अघिल्लो दिन मात्र केन्द्रीय कार्यालय,…
¥याफ्टिङमा आर्मी च्याम्पियन
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो । च्याम्पियनसिपमा…
पारा तेक्वान्दो टोली इरान जाने
काठमाडौं : डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ । इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती…
सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु
सङ्खुवासभा : सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
मेलम्चीको मर्मतकार्य ६० प्रतिशत सम्पन्न : चैतभित्रै काठमाडौंमा पानी आउने सम्भावना कति ?
सिन्धुपाल्चोक : गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए…
नेपाली कांग्रेसको चुनावी अभियान : घरघर जाऔं कांग्रेस जिताऔं
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । अभियानका क्रममा हरेक घरमा…
बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली
काठमाडौं : काठमाडौंको बसन्तुपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् र एकअर्कालाई अबिर…
६२ प्रतिशत नागरिकले लगाए पूर्ण मात्रा खोप, अब एक करोड मात्रा बाँकी
काठमाडौंः नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार देशभरि १ करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएका छन्। अब १ करोड १० लाख ४१ हजार ११५ नागरिकलाई पूर्ण…
