विशेष Archives | Page 89 of 242 | नेपालमाला

 

मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

काठमाडौं : सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न…

प्रशान्त महासागरको सालमन माछादेखि मोहीसम्म विदेशबाट आयात

काठमाडौँ : संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा…

कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव…

मंगलबार थप १० जनामा कोरोना संक्रमण, २६१ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन…

मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी

 काठमाडौं : देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७  हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण…

सोमबार २१ जना कोरोना संक्रमित थपिए, २७१ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २…

४८ हजारको मनोनयन दर्ता

काठमाडौं : देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ९७५…

बाँकी रहेका उम्मेदवारको मनोनयन दर्ता आज, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका…

काठमाडौंको मेयरमा सिर्जना सिंह सर्वसम्मत : अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा…

ओलीका खाटी छोरा तिम्सिना समाजवादीमा छिरे

काठमाडौं : आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका खाटी छोरा बताउँदै हिंड्ने राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना सो पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेमा क्रियाशील रहँदै आएका तिमल्सिना शनिवार…

खेलकुदमा छिर्यो सामन्तवाद : उपाध्यक्षको सदस्यसचिव हुने रहर

काठमाडौं : माओवादी जनयुद्ध गरिव तथा सर्वहारा जनताको उत्थानका लागि भएको थियो कि नेताहरुलाई सत्तामा पु¥याउनका लागि भएको थियो भन्ने बहस एउटा पाटो हुन सक्छ । अर्को पाटो चाहिँ १० वर्षे जनयुद्धबाट जनताले चाहिँ के पाए ? हत्या, हिंसा र…

गणेशमान सिंह राष्ट्रिय बक्सिङ : भूपेन्द्र फाइनलमा

काठमाडौं : नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । उनी…

नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको…

केजीएफ–२ को रफ्तार : एक सातामै २५० करोड

मुम्बई : दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको छ । बक्स अफिसमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएको चलचित्रले रिलिज भएको एक सातामै २५० करोडको कमाइ गरेको हो । ‘केजीएफ च्याप्टर–२’ बक्स अफिसमा सबैभन्दा चाँडो…

जिम्बाबेसँगको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टीट्वेन्टी शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । यू–१९ टोलीका अलराउण्डर…

एसईई परीक्षा सुरू, असार मसान्तभित्र नतिजा सार्वजनिक

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार…

केकीले प्रेमी रोहितसँग गरिन् विवाह

 काठमाडौं : अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो । फेसबुकमा आफ्नो…