विशेष Archives | Page 65 of 242 | नेपालमाला

 

सन्दीप २० लाख धरौटीमा रिहा, विदेश जान भने रोक

काठमाडौं : बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने…

ह्युमन राइट्स वाचको विश्व प्रतिवेदन : नेपाल सरकारले न्यायको पहल गरेन

काठमाडौं : मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले अझैसम्म पनि न्यायको पहल नगरेको जनाएको छ । विश्वभरको मानव अधिकारको अवस्थाबारे रिपोर्ट प्रकाशित गर्दै उसले द्वन्द्वकाल र अहिलेको समयमा भएका मानव अधिकार…

कांग्रेसको सत्ता मोह

काठमाडौँ : सरकार निर्माणका लागि अर्को स्पष्ट गठबन्धन बनिसकेको अवस्थामा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर घुमाउरो तरिकाले सत्तामोह देखाएको छ । उसले प्रतिनिधिसभालाई प्रमुख प्रतिपक्षविहीन बनाएर परम्परागत संसदीय प्रणालीलाई चुनौतीसमेत दिएको छ । एमालेसहित सात राजनीतिक दलको…

ताप्लेजुङका एकमात्र ‘एमडीआरटी’ विजेता राजु भण्डारी सम्मानित

काठमाडाैँ : नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङका विरष्ठ एजेन्सी मेनेजर राजु भण्डारी सम्मानित भएका छन्। ताप्लेजुङबाट पहिलाेपटक बिमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटी विजेता बन्न सफल राजुलाई नेपाल लाइफले काठमाडाैँमा भव्य कार्यक्रमकाबीच सम्मान गरेकाे हाे। राजुसहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना…

सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

काठमाडौँ : प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २…

विश्‍वासको मतले रोपेको अविश्‍वासको बीउ

काठमाडौँ : संसदीय व्यवस्थाको एउटा मुख्य विशेषता हो- बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष । संसद्‌मा बहुमत प्राप्त गर्ने नेताले कार्यकारी भूमिका निर्वाह गर्छन्, अनि विपक्षमा बस्नेले कार्यकारीलाई खबरदारी । संसदीय मूल्य मान्यताको यो आधारभूत विशेषतालाई चुनौती दिने दृश्य मंगलबार प्रतिनिधिसभामा…

प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र तीन…

संविधान रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैछौँ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको आलोचना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले अध्यक्ष ओलीले संविधानको पूर्णकालिन संसद्को व्यवस्थाको…

प्रतिनिधि सभाको पहिलो बैठक आज : शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं : मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति…

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

रियो दी जेनेरियो : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको…

कोही किन झस्किन्छन् हेगको त्रासले !

प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना नेता…

राष्ट्रिय स्वतन्त्र पार्टी : मन्त्री तयार, मन्त्रालयको छैन टुंगो

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ । मन्त्रालय बाँडफाँडका क्रममा संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन । तर, मन्त्रालय टुंगो नलागेपनि रास्वपामा मन्त्री बन्नेहरु चाहिँ…

तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै

काठमाडौं : आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव…

आजदेखि चरा गणना सुरु

भरतपुर : नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा…

तराईमा शीतलहर अझै केही दिन कायमै रहने

काठमाडौं : आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै…

अदालतबाट हामीले न्याय पायौं : नेपाल तेक्वान्दो संघ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेजी गरेको नेपाल तेक्वान्दो संघले आफूहरुले न्याय पाएको बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव दीपराज गुरुङले संघले देशलाई दिएको ४० वर्षको योगदान, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शिर उँचो बनाएको…

प्रधानमन्त्रीका घरबेटीले ठेक्का लिएका अधिकांश सडक जीर्ण

काठमाडौं :  बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक हेर्न संघीय राजधानीबाट बाहिरिइरहनु पर्दैन । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका विशिष्ट व्यक्ति ओहोरदोहोर गरिरहने सडकको स्तरोन्नति कार्य नै अलपत्र छ । काम ढिला गर्ने ठेकेदारले कारबाहीको सट्टा उल्टै संरक्षण पाएका छन्, अब नयाँ भौतिक पूर्वाधारमन्त्रीले के…