काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र तीन…
संविधान रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैछौँ : देउवा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको आलोचना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले अध्यक्ष ओलीले संविधानको पूर्णकालिन संसद्को व्यवस्थाको…
प्रतिनिधि सभाको पहिलो बैठक आज : शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं : मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति…
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
रियो दी जेनेरियो : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको…
कोही किन झस्किन्छन् हेगको त्रासले !
प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना नेता…
राष्ट्रिय स्वतन्त्र पार्टी : मन्त्री तयार, मन्त्रालयको छैन टुंगो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ । मन्त्रालय बाँडफाँडका क्रममा संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन । तर, मन्त्रालय टुंगो नलागेपनि रास्वपामा मन्त्री बन्नेहरु चाहिँ…
तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै
काठमाडौं : आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव…
आजदेखि चरा गणना सुरु
भरतपुर : नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा…
तराईमा शीतलहर अझै केही दिन कायमै रहने
काठमाडौं : आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै…
अदालतबाट हामीले न्याय पायौं : नेपाल तेक्वान्दो संघ
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेजी गरेको नेपाल तेक्वान्दो संघले आफूहरुले न्याय पाएको बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव दीपराज गुरुङले संघले देशलाई दिएको ४० वर्षको योगदान, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शिर उँचो बनाएको…
प्रधानमन्त्रीका घरबेटीले ठेक्का लिएका अधिकांश सडक जीर्ण
काठमाडौं : बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक हेर्न संघीय राजधानीबाट बाहिरिइरहनु पर्दैन । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका विशिष्ट व्यक्ति ओहोरदोहोर गरिरहने सडकको स्तरोन्नति कार्य नै अलपत्र छ । काम ढिला गर्ने ठेकेदारले कारबाहीको सट्टा उल्टै संरक्षण पाएका छन्, अब नयाँ भौतिक पूर्वाधारमन्त्रीले के…
फेरि अन्योलमा नेपाल टीट्वेन्टी लिग : आयोजक भारतीय पक्ष बेखबर भएपछि खेलाडी र अम्पायरको बिचल्ली
काठमाडौं : आयोजकहरू सम्पर्कबाहिर भएपछि नेपाल टीट्वेन्टी लिग क्रिकेट प्रतियोगिता मंगलबारदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा टीट्वेन्टी लिग स्थगितको संघारमा पुगेको छ । विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको…
पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड
काठमाडौं : विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चीनको महंगो ऋण तत्काल तिर्न सक्ला ?
काठमाडौं : आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा…
कोदो उत्पादनमा नेपाल विश्वमै १३औं स्थानमा
काठमाडौं : कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न लागिएको छ। फलस्वरुप २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष मनाउन सुरु गरिएको छ। नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै देशव्यापी रूपमा कोदोजन्य बाली वर्ष मनाउने भएको छ। यसर्थ ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण…
दूधको मूल्यवृद्धि फिर्ता
काठमाडौं : राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।…
धुन्धुकारीको फट्याइँ कतिबेर टिक्ला ?
राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्दकोशले धुन्धुकारी शब्दको अर्थ पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड, फट्याइँ गरिहिँड्ने उल्लू व्यक्ति, खराब आचरण भएको कपूत तथा कुपुत्र हो भनेको छ । नेपाली समाजका अध्येताहरूले आधुनिक राजनीतिका तीन धुन्धुकारीलाई राजनीतिक अस्थिरताका वाहक बताउने गरेका…
