काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन…
राप्ति बस दुर्घटना अपडेट : घाइते २३ जनाको पहिचान खुल्यो (नामसहित)
रूपन्देही : राप्ती नदीमा शुक्रबार राती खसेको बसमा १२ जना मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका…
बझाङमा भूकम्पको धक्का
चैनपुर (बझाङ) : बझाङमा भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज…
यी हुन् न्यूयोर्क टाइम्सले घुम्नैपर्ने सूचीमा राखेको नेपालका ठाउँ
अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ। यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले…
यस वर्ष चैत पहिलो साताबाटै एसईई हुने
काठमाडौँ : संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका…
सन्दीप राष्ट्रिय टिमबाट अलग !
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दैछ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत…
सन्दीप लामिछाने उच्च अदालत जाने
काठमाडौँ : काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई…
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई…
क्रिकेटर सन्दीप लामिछानेमाथि अदालतले आज सजायँ तोक्दै
काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजायँ तोक्दै छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए…
बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी भेटियो
काठमाडौं: हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ। सीआईबी प्रमुख किरण बज्राचार्यले…
नोर्बु लामालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान
काठमाडौं : नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्लाले वरिष्ठ तेक्वान्दो प्रशिक्षक नोर्बु लामालाई सम्मान गरेको छ । विगत साढे दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै लामालाई काठमाडौं जिल्लाले वार्षिक साधारणसभाका अवसरमा मंगलबार सम्मान गरेको…
राष्ट्रियसभा निर्वाचन : कुन दल कति समावेशी ?
काठमाडौं : दलहरू समानुपातिक समावेशीको कुरा उग्ररूपमा गर्छन्। यही सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको संकल्प संविधानमा गरेका पनि हुन्। तर, उनीहरू मौका पाउनासाथ सीमान्तकृत, पिछडिएको वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतलाई अगाडि बढाउन हिच्किचाउँछन् भन्ने तथ्य राष्ट्रियसभा सदस्य निर्वाचनमा परेको…
कोरोनाको नयाँ सबभेरियन्टको चिन्ता
काठमाडौं : कोभिड–१९, ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि पुष्टि भएको छ। कोभिड पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको संक्रमण पाइएको हो। छिमेकी मुलुक भारतलगायत विश्वका विभिन्न मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सबभेरियन्ट…
उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो
काठमाडौं : आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक…
राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२…
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन.वान्
काठमाडौं : नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको स्वास्थ्य…
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
जनकपुरधाम : सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ । बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका…
