काठमाडौं : ग्ल्यामरस र हट यी शब्द अभिनेत्री तथा मोडल अदिती बुढाथोकीका लागि बनेका हुन् भन्दा फरक पर्दैन । हरेक दिनजसो ग्ल्यामरस र हट अवतारमा प्रस्तुत भएर अदितिले इन्टरनेटको पारो तताइरहेकी हुन्छिन् । त्यसैले उनलाई धेरैले सामाजिक सञ्जालमा हट गर्ल भनेर कमेन्ट पनि गर्ने गरेका छन् ।
समाजिक सञ्जालमा सबैभन्दा धेरै फ्लोअर भएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । इन्स्टामा १० लाख बढी फ्लोअर भएकी अदिती मुम्बईमा बसेर मोडलिङ गर्छिन् र थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् ।
सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । यही लोभले नेपाली निर्माता लामो समयदेखि उनलाई फिल्म खेलाउने प्रयत्नमा थिए तर सफल भए, भुवन केसी र सुवास गिरीले । दुवैले संयुक्त रुपमा निर्माण गरेको ‘कृ’बाट अदितीले फिल्ममा डेब्यू गरिन् ।
अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् । बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकी झापा दमककी हुन् ।