सोमबार ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या तीन हजार ७६२ पुग्यो

काठमाडौं : नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments