थप २१३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३४ सय ४८ पुग्यो

काठमाडौं :  आइतबार थप २१३ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोग शालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। योसहित संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्।  यस्तै ४६७ जना डिस्चार्ज भएका छन्। जसमध्ये पुरुष ३९९  जना र महिला ६८ जना  रहेका छन्।। पछिल्लो २४ घन्टामा  १०३ जना डिस्चार्ज भएका छन्। जसमध्ये २ जना महिला र सय जना पुरुष छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments