थप १४७ जनामा कोरोना पुष्टि

काठमाडौं : बिहीबार थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ५८ जना रहेका छन्।  जसमध्ये प्रदेश १ मा १२४, प्रदेश २ मा एक हजार एक सय ९७, बागमती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय ३८ जनाको उपचार भइराखेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments