विशेष Archives | Page 112 of 242 | नेपालमाला

 

पलेसा र कविराज सम्मानित

काठमाडौं : पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेसा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन…

बक्सिङसँग प्रकाश दाहालको साइनो खोजी : केही व्यक्तिको अभिष्ठ पूरा गर्न सिंगो संघ बन्धक बनेको आरोप

काठमाडौं : नेपालीमा एउटा उखान छ, ‘गोरु बेचेको साइनो’ । यही उखानलाई नेपाली खेलकुदमा चरितार्थ गर्ने काम गरेको छ, नेपाल बक्सिङ संघले । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको नेपाली बक्सिङसँग न कुनै साइनो थियो न…

डेंगीको संक्रमण फैलियो, रोग लाग्नबाट यसरी बच्नुस्

काठमाडौं : डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ। डेंगीका मूख्य लक्षणहरू – उच्च ज्वरो आउनु – जोर्नी र मांशपेशीहरु…

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको योजना, प्रहरीको बाक्लो उपस्थिति

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ…

टीट्वेन्टी विश्वकप : अस्ट्रेलिया उपाधि नजिक

दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले…

प्रधानन्यायाधीशविरुद्ध कानून व्यवसायीको आन्दोलन उत्कर्षतर्फ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा बिहीबार सर्वोच्च अदालत परिसरभित्र दमन भएको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने आन्दोलनको कार्यक्रम…

टीट्वेन्टी विश्वकप : न्युजिल्यान्ड फाइनलमा

आबुधावी : न्युजिल्यान्ड टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो । आबुधावीको शेख जायद स्टेडियममा इङ्ल्यान्डले दिएको एक सय ६७ रनको लक्ष्य…

४४० जना कोरोना संक्रमित हुँदा ४७४ जना निको भए

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४०…

कात्तिक २८ देखि चित्लाङ-थानकोट सडकमा सवारी आवागमन बन्द हुने

काठमाडौं : गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट…

मिथिलामा छठपर्वको ‘खरना’ को तयारी

महोत्तरी : लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्…

प्रधानन्यायाधीशको राजीनामाको विकल्प : तीन महिनापछि बिदा, त्यसपछि अवकाश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् । आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको…

१४३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना…

राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद…

काठमाडौंमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले निर्णय गरेको हो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई…

एटेमी क्योकुसिन कराते संघको रेफ्री सेमिनार

काठमाडौं : एटेमी क्योकुसिन कराते संघले रेफ्री सेमिनार गरेको छ । सोमबार संघले एकदिने रेफ्री सेमिनार आयोजना गरेको हो । काठमाडौंको बालाजुमा आयोजना गरिएको सेमिनारमा १६ जना रेफ्रीको सहभागिता रहेको थियो । आफ्नै रेफ्री उत्पादनका लागि पहिलो पटक सेमिनार आयोजना…

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा

लन्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् । शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार…

अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

काठमाडौं : अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ । शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति…