विशेष Archives | Page 100 of 241 | नेपालमाला

 

नेपालद्धारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौं : कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल स्कोर बनाएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर…

टीट्वेन्टी अन्तर्राष्ट्रियमा कुशलको शतक

काठमाडौं : आईसीसी ग्लोबल क्वालिफायरमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । ओमानमा फिलिपिन्सविरुद्धको खेलमा उनले ५७ बलमा १३ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् । कुशल र दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन् । उनी…

विश्वकप छनोट : नेपालको भिडन्त कमजोर फिलिपिन्ससँग

काठमाडौं : आईसीसी टीट्वेन्टी ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले…

एमसीसीमा खुला बहस गरौं : अमेरिकी राजदूत

 काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक…

४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७…

टीट्वेन्टी विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात

काठमाडौं : ओमानमा जारी टीट्वेन्टी विश्वकप ग्लाेबल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान

काठमाडौं : रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । आज बिहान १० बजेदेखि परीक्षण उडान…

एचआईभी संक्रमित महिलाको सफल उपचार

काठमाडौं : अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । वैज्ञानिकले ‘न्यूयोर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको…

जे एन्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : ज्यान्सेन (जे एन्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एन्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै…

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन…

एमालेले आज पनि संसदमा विरोध जारी राख्ने, कार्यव्यवस्था बैठकमा नजाने

काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ…

स्थानीय तह निर्वाचन : ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

काठमाडौं : आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार…

स्थानीय तह निर्वाचन : वैशाख ९ मा उम्मेदवारी, १५ गते अन्तिम नामावली

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि…

एमसीसीबारे कांग्रेसको धारणा : २०६७ पछिका सबै प्रधानमन्त्रीले स्वीकारेको दाबी

काठमाडौं : नेपाली कांग्रेसले एमसीसीका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । सुरुदेखि नै एमसीसी अनुमोदनका पक्षमा रहेको कांग्रेसले मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकबाट पार्टीको धारणा नै सार्वजनिक गरेको हो । कांग्रेसले सार्वजनिक गरेको धारणा एमसीसी ०६७ सालपछिका सबै प्रधानमन्त्री…

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन : फागुनभित्र तदर्थ समिति बनाइने

काठमाडौं : नेपाली कांग्रेसमा अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको…

मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण…

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा, झुटो बोलेको आरोप

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति…