काठमाडौं : आईसीसी पुरुष टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा यूएईले नेपाललाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
यूएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे ।
नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।
नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।
यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकपमा छनोट हुनेछन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टीट्वेन्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।

नेपालमाला
