विशेष Archives | Page 98 of 241 | नेपालमाला

 

संसदबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं : संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका…

एमसीसीमा नेपालको व्याख्यात्मक घोषणा : सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे खारेज गर्नसक्ने

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने भएको छ । सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सहमति जुटाएका छन् । एमसीसीकै कारण गठबन्धन भत्किने…

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि…

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।…

नेपालीले युक्रेन छाड्न थाले : पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियालाई गन्तव्य बनाउँदै

काठमाडौं : युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ । दूतावासले शनिबार…

रुसको सामना गर्न युक्रेनले कुनै कसर बाँकी नराख्ने : नागरिकलाई अत्याधुनिक हतियार बाँडियो

किभ: रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् । रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २…

संसद बैठक : एमसीसीबारे छलफलको तयारी

काठमाडौं : प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक…

ए डिभिजन लिग : मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मच्छिन्द्र अपराजित रहँदैै दोस्रो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालमा मच्छिन्द्रले पहिलो पटक उपाधि जितेको थियो…

त्रिविमा बेथिति : २८ महिनामा १८६ दिन तालाबन्दी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा पछिल्लो पटक ताला लागेको एक महिना बढी भएको छ । प्रधानमन्त्री स्वयंम् कुलपति रहेको देशकै ठूलो विश्वविद्यालयको केन्द्रीय कार्यालयमा महिना दिनअघि भएको तालाबन्दी अझै खुल्ने सुरसार छैन । पछिल्लो समय त्रिविमा विभिन्न राजनीतिक दलको…

महाशिवरात्रिमा पशुपतिनाथमा ५० लाखका बत्ती र फूल सजाइने

 काठमाडौं : महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।  पशुपति क्षेत्रका सबै…

शुक्रबार २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण…

३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर…

गठबन्धन टुटेर चुनाव घोषणा हुन सक्छ : कांग्रेस नेता पौडेल

 तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा…

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

 मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् । आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका…

दोषी भएमा जुनसुकै सजाय भोग्न तयार छु : पल शाह

काठमाडौं : नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका…

युक्रेनमाथि रुसको सैन्य कारवाहीको घोषणा

लन्डन : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान…

आज प्रतिनिधि सभा बस्दै : एमसीसी सम्झौताबारे छलफल हुने

काठमाडौं : प्रतिनिध सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । संघीय संसद…