विशेष Archives | Page 102 of 242 | नेपालमाला

 

स्थानीय तह निर्वाचन : वैशाख ९ मा उम्मेदवारी, १५ गते अन्तिम नामावली

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि…

एमसीसीबारे कांग्रेसको धारणा : २०६७ पछिका सबै प्रधानमन्त्रीले स्वीकारेको दाबी

काठमाडौं : नेपाली कांग्रेसले एमसीसीका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । सुरुदेखि नै एमसीसी अनुमोदनका पक्षमा रहेको कांग्रेसले मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकबाट पार्टीको धारणा नै सार्वजनिक गरेको हो । कांग्रेसले सार्वजनिक गरेको धारणा एमसीसी ०६७ सालपछिका सबै प्रधानमन्त्री…

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन : फागुनभित्र तदर्थ समिति बनाइने

काठमाडौं : नेपाली कांग्रेसमा अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको…

मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण…

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा, झुटो बोलेको आरोप

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति…

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा…

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि संसदीय समितिका बैठकमा सहभागी हुने

काठमाडौं : राष्ट्रिय सभा अन्तर्गतका समितिका बैठकहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुने भएका छन् । संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न भन्दै उनी पनि समितिका बैठकमा सहभागी हुन लागेका छन् । विधायन व्यवस्थापन समितिको आजको…

स्थानीय चुनावमा १ करोड ८० लाख मतदाता, वैशाख २९ सम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

काठमाडौँ : निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ । आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत् यसबारे जानकारी दिइएको हो । यस्तै आगामी वैशाख २९ सम्म १८…

यस्तो छ प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव [पूर्णपाठ]

काठमाडौँ : सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् । अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त…

ए डिभिजन लिग : आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित…

लिटरमा १४ रुपैयाँसम्म बढ्यो दूधको भाउ

काठमाडौं : सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले…

१,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा…

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

काठमाडौं : कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार)देखि खुला हुने भएको छ । विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति…

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक…

ओलम्पिकमा पदक जित्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छु : तेक्वान्दो प्रशिक्षक गोपाल भण्डारी

गोपाल भण्डारी नेपाली खेलकुदमा नयाँ र नौलो नाम होइन । नेपाली खेलकुदमा लामो समय बिताएका उनी तेक्वान्दोका कुसल खेलाडी, प्रशिक्षक र निर्णायक पनि हुन् । गोपालले तेक्वान्दोबाट आफूलाई खेलकुदमा स्थापित मात्र बनाएनन्, नयाँ पुस्ताका लागि मार्गदर्शक पनि बनेका छन् ।…

एमसीसीको सीईओमा एलिस अलब्राइट

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो । एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई…