राजनीति Archives | Page 5 of 43 | नेपालमाला

 

कीर्तिपुरका मेयर नकर्मीको निधन

काठमाडौं : कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा…

बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो

हेटौंडा : बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका…

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत  र मत दिन्न भन्नेमा १ मत पर्‍यो ।…

मन्त्री छनोटमा प्रादेशिक सन्तुलन र समावेशिताको मापदण्ड पालना नगरिएको भन्दै कांग्रेसमा असन्तुष्टि

काठमाडौँ : कांग्रेसले सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्तिबाहेक अरूलाई प्राथमिकतामा नराखेको भन्दै मंगलबार गण्डकी प्रदेशबाट निर्वाचित कांग्रेस सांसदहरूले असन्तुष्टि…

शेखर–गगन पक्षले मन्त्रीका लागि दियो चार जनाको नाम

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए ।…

प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद

काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’ नवनियुक्त प्रधानमन्त्री…

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा…

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई…

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए…

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतको ओइरो

काठमाडौं : एकपछि अर्को दलले समर्थन फिर्ता लिन थालेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाउने निश्चित छ। उल्टै विपक्षमा झन्डै दुई तिहाइ मत पर्ने सम्भावना बलियो बन्दैछ। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले…

कांग्रेसको निर्णय : धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ । कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेकाले संसदीय दलको निर्णय औपचारिकता मात्र थियो । तर कांग्रेसले…

चार पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौं : संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी…

मुकुल ढकाललाई रास्वपाले गर्‍यो महामन्त्री पदबाट निलम्बन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा.ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिन निलम्बन गर्ने निर्णय गरेको उपसभापति डोल प्रसाद अर्यालले जानकारी दिए। ढकालले बुधबार बसेको…

झलनाथ खनालले हारे सर्वोच्चमा मुद्दा

काठमाडौं :  इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन्। निर्वाचन बदर गरी पुन निर्वाचन गराई पाउँ भन्दै खनालले हालेको मुद्दा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो। २०७९…

राजदूत फिर्ता गर्ने सरकारको निर्णय पूर्वाग्रही : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता…

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ…

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । जेठको १५ गते नै…