काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई…
नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले लोकतान्त्रिक शासन व्यवस्थामार्फत् संविधान तयार गर्न नेपाली जनताले निकै…
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन
काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका…
सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गुर्नपर्छः मन्त्री काफ्ले
हेटौंडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् । बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री…
प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री
जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन् । आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका…
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट
नयाँदिल्ली : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा…
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
काठमाडौं : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्। उनी भिस्तारा एयरलाइन्सबाट केही बेरअघि भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने…
कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने
काठमाडौं : नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ ।…
परराष्ट्रमन्त्री राणा भारत जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् ।…
भारतको स्वतन्त्रता दिवसमा कांग्रेस सभापति देउवाको शुभकामना
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्,‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै…
कांग्रेसमा महाधिवेशनको बहस, अर्को मंसिरमै गर्न जोड
काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टी महाधिवेशन गर्न सक्ने आशंका गर्दै नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतले ०८२ मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब बढाएका छन् । नेता कोइरालाले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा कुनै पनि बहानामा…
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए…
कीर्तिपुरका मेयर नकर्मीको निधन
काठमाडौं : कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा…
बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो
हेटौंडा : बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका…
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत पर्यो ।…
मन्त्री छनोटमा प्रादेशिक सन्तुलन र समावेशिताको मापदण्ड पालना नगरिएको भन्दै कांग्रेसमा असन्तुष्टि
काठमाडौँ : कांग्रेसले सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्तिबाहेक अरूलाई प्राथमिकतामा नराखेको भन्दै मंगलबार गण्डकी प्रदेशबाट निर्वाचित कांग्रेस सांसदहरूले असन्तुष्टि…
शेखर–गगन पक्षले मन्त्रीका लागि दियो चार जनाको नाम
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए ।…
