काठमाडौं : मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र…
नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिको खोजी, को बन्ला अध्यक्ष ?
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र…
सार्वजनिक रूपमा नै ‘पार्टी छाडेर जा’ भनेपछि सोच्न बाध्य भएँ : नारायणकाजी
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) मा विवाद बढाएको छ । नारायणकाजी श्रेष्ठलगायत नेताहरूको असहमतिबीच व्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गरिएको थियो । एमसीसी संसदबाट पारित भएपछि श्रेष्ठका विषयमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा…
व्याख्यात्मक घोषणाको न्यानो थाङ्नोमा साथीहरु सुत्नु भएको छ : झलनाथ खनाल
विराटनगर : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल गर्न नदिई जबरजस्ती एमसीसी पारित गरिएको बताए। उनले संसदीय प्रक्रिया मिचेर एमसीसी पास हुनु नेपालकै इतिहासमा दु:खद दिन भएको दावी गरे। ‘जस्तो प्रक्रियामा भयो त्यो…
कांग्रेस चितवनको अधिवेशन शुक्रबार
चितवन : नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले सात…
एमसीसी राष्ट्रघात थियो भने किन पारित गरेको ? : ओली
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का सांसदहरूको पद जाने भएकाले रातारात एमसीसी सम्झौता अनुमोदन गर्ने वातावरण बनेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले गरेको पत्रकार…
ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएको थियो : एमाले
काठमाडौं : नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने…
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।…
गठबन्धन टुटेर चुनाव घोषणा हुन सक्छ : कांग्रेस नेता पौडेल
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा…
कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन : फागुनभित्र तदर्थ समिति बनाइने
काठमाडौं : नेपाली कांग्रेसमा अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको…
संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय…
कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने
काठमाडौं : नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । नेपाली कांगेस केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए…
प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् । उनी कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित…
स्थानीय चुनाव घोषणाका लागि सरकारलाई दबाव दिने एमालेको निर्णय
काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने भएको छ । बुधबार बसेको एमाले पदाधिकारीहरुको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ । बैठकले चुनाव घोषणाका लागि दबावमुलक…
तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने
काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक…
कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते
काठमाडौं : नेपाली कांग्रेसको कार्यसमितिको निर्वाचन हुन बाँकी बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो । कांग्रेसको केन्द्रीय…
माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने
काठमाडौं : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए…
