काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई…
कांग्रेसको वडादेखि केन्द्रसम्म ६४ हजार बढी पदाधिकारी
काठमाडौं : १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको अन्तिम (सम्भवतः) केन्द्रीय कार्य समिति बैठक बिहीबार दिउँसो केन्द्रीय मुख्यालय सानेपामा बस्यो । विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्ताव समेत तयार भएको हुँदा यो बैठकलाई चासोका साथ हेरिएको थियो । तर,…
१३औं महाधिवेशनसम्म यसरी छानिएका थिए नेतृत्व
पहिलो महाधिवेशन : २००३ माघ १२–१३ (भारतको कलकत्ता) भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिवेशन मान्दै आएको छ। तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्य सभापति…
कांग्रेसमा पदाधिकारीको उम्मेदवार टुंग्याउनै सकस
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका करिव ४३ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिबाट पनि प्रतिनिधि काठमाडौं पुगिसकेका छन् । शुक्रबार १४औं महाधिवेशनको उद्घाटन हुनेछ । केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार…
राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन…
राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनको प्यानलमा को को ?
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहीबार मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध, उम्मेदवारी दर्ता, उनीहरुको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम सकेर शनिबार मतदान…
२३ वर्षीया सुष्मा मिश्र राप्रपाको प्रतिनिधि
काठमाडौं : बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ की २३ वर्षीया सुष्मा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ऐतिहासिक महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । सुष्मा राप्रपाको ऐतिहासिक महाधिवेशनमा बारा क्षेत्र नम्बर ३ को ‘क’बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी…
एमालेमा सर्वसम्मतिको प्रयास जारी : दुई उपाध्यक्ष र दुई उपमहासचिव थप
चितवन : सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेकपा एमालेले पदाधिकारी संख्या थप गरेको छ । साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको…
काठमाडौं कांग्रेस सभापतिमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा…
कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस…
कांग्रेसको काठमाडौँ क्षेत्र नं-१० का सभापतिमा पुकार महर्जन
काठमाडौं : नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका हुन् । यस्तै सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३,…
राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी
काठमाडौं : राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति…
एमाले सचिवमा ५ गुना बढी आकांक्षी
काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन्। नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ। आकांक्षी भने पाँच गुना बढी देखिएका छन्। नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश…
तरुण दल अध्यक्ष बस्नेत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
काठमाडौं : तरुण दल अध्यक्ष जितजंग बस्नेत र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनबाट बस्नेत लोकप्रिय मतसहित विजयी भएका छन् । तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले…
कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका…
द्वन्द्वकालीन घटनामा माफी दिन सकिदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालिन घटनामा आममाफी दिन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधकार उल्लंघनका गम्भीर घटनालाई आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका हुन्। विस्तृत शान्ति शान्ति…
कांग्रेसमा महामन्त्रीको दौडमा को–को छन् ?
काठमाडौं : कांग्रेस महामन्त्री पदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन्। सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिन्छ। विगतका महाधिवेशनबाट यो पदमा एक जना मात्र निर्वाचित हुने व्यवस्था थियो। तर, विधान संशोधनपछि १४औं महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुनेछन्। १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक…
