काठमाडौँ : नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीको आज भएको डिजिटल…
आत्मबल बलियो भए कोरोनालाई जितिने रहेछ : कोरोनामुक्त विक
लम्की : नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा…
कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित
काठमाडौँ : कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज सेती अस्पतालमा…
दुई दिनभित्र जमात समूहको तथ्याङ्क बुझाउन मुस्लिम आयोगको निर्देशन
काठमाडौ : राष्ट्रिय मुस्लिम आयोगको आज बसेको बैठकले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिइएको छ । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क…
आज पनि देखियो एक जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा उल्लेख…
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
गलकोट : नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उहाँको डिचार्ज…
राहत वितरण गरेर स्थापना दिवस मनाउँदै नेविसङ्घ
काठमाडौँ : नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७ वैशाख ६ गते स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक आन्दोलनमा अहम् भूमिका…
सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन
चितवन : गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत…
घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री…
उदयपुरमा १२ जनामा देखियो कोरोना रिपोर्ट पोजेटिभ, चितवनमा दुई जनाको पनि पोजेटिभ
काठमाडौं : उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले…
पैदलयात्रुलाई वडा अध्यक्ष बानियाँको राहत
काठमाडौं : काठमाडौंबाट हिंडेरै विभिन्न जिल्लामा जाने पैदलयात्रुलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले राहत प्रदान गरेका छन् । लगातारको लकडाउनका कारण दैनिक गुजारामा समस्या परेपछि राजधानीबाट हिंडेरै विभिन्न जिल्लामा जान लागेका पैदलयात्रुका लागि वडा अध्यक्ष…
चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो ।…
श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल
काठमाडौ : नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै…
बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज
काठमाडौँ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड…
सभापति देउवाद्वारा पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ…
कीर्तिपुरका मेयर आदर्शवादी कि गैरजिम्मेवार ?
काठमाडौं : बिहीबार राति एक टेलिभिजनको ‘कोरोना विशेष’ कार्यक्रममा कीर्तिपुरमा बस्दै आएका चार सय विद्यार्थी भोकभोकै बसेको विषयमा चर्चा भयो । प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा विद्यार्थीले भोकभोकै बस्नु परेको दुखेसो गरेपछि प्रस्तोताले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनसँग फोनमा सम्बाद गरे…
स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध होस् : काँग्रेस
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क…
