समाचार Archives | Page 97 of 122 | नेपालमाला

 

पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित 

बनेपा : विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा…

मायादेवी मन्दिरमा दैनिक पूजा

भैरहवा : गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरेको लुम्बिनी विकास…

पासमा आफैँ मिति सच्याएर गाडी दौडाउँदै   

काठमाडौँ :   मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन । झुठो विवरण पेश गरेर सवारी…

एकै गाउँका ४० बढी बिरामी

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म…

अझै केही दिन निरन्तर पानी पर्ने

काठमाडौँ :  पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको…

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

वासिङ्टन डिसी :  अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो…

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी   

हेटौँडा : कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गर्नुभएको छ । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण…

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै 

हेटौँडा  :  हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात…

मुलपानीका एक युवकको आरडीटी रिपोर्ट पोजेटिभ

काठमाडौं : काठमाडौंको मुलपानीमा गरिएको ¥यापिड डाइग्नोटिस्क टेस्ट (आरडीटी) परीक्षणमा एक युवकको रिपोर्ट पोजेटिभ आएको छ । मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको ¥यापिड परीक्षणमा २१ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो । एन्टीबडी पोजेटिभ देखिएका युवक गत चैत ७ गते…

 रोकिएको खोप सेवा आजदेखि शुरु

काठमाडौँ : बन्दाबन्दी (लकडाउन) शुरु भएदेखि रोखिएको नियमित खोप लगाउने कार्य काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको छ । कामपा­१५ बाट बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप आजदेखि शुरु गरेको हो । आज कामपाबाट यस वडाबाट करिब ५० जना बालबालिकाले खोप…

ईपीएस प्रणालीबाट दक्षिण कोरिया जान अनुमति दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा दक्षिण कोरिया जान दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान…

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध जाहेरी लिन मानेन प्रहरीले

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी लिनअस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव,…

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति   

काठमाडौँ  : नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल,…

नेपाल प्रवेशको आशमा सीमामा बसिरहेका छन् दुई सय नेपाली

बनियानी : झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।…

उदयपुरका ७३ जनाको रिपोर्ट नेगेटिभ

गाईघाट : कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन…

हिम्मत गर्नुस्, म बूढीले त जितेँ : पानादेवी

घोडाघोडी : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्कनुभएको छ । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनालाई जितेर घर…

लकडाउनमा साढे चार हजार विदेशी घर फर्किए

काठमाडौँ : देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल…