पैदलयात्रुलाई वडा अध्यक्ष बानियाँको राहत

काठमाडौं : काठमाडौंबाट हिंडेरै विभिन्न जिल्लामा जाने पैदलयात्रुलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले राहत प्रदान गरेका छन् ।
लगातारको लकडाउनका कारण दैनिक गुजारामा समस्या परेपछि राजधानीबाट हिंडेरै विभिन्न जिल्लामा जान लागेका पैदलयात्रुका लागि वडा अध्यक्ष बानियाँले सुख्खा खाजा प्रदान गरेका हुन् ।
शुक्रबार उनले चन्द्रागिरी नगरपालिकाको नागढुंगामा पुगेर उनले चन्द्रागिरी सरोकार समाजका पदाधिकारीलाई राहत प्रदान गरेका हुन् । वडा अध्यक्ष बानियाँले चिउरा, चाउचाउ, बिस्कुट र दालमोठ प्रदान गरेका थिए ।


चन्द्रागिरी सरोकार समाजले बिहीबारदेखि नागढुंगामा पैदलयात्रुलाई सुख्खा खाजा वितरण सुरु गरेको छ । स्थानीय वडाले पैदलयात्रुलाई वास्ता नगरेपछि विभिन्न दाताहरुको सहयोगमा पैदलयात्रुलाई सुख्खा खाजा वितरण गरिएको चन्द्रागिरी सरोकार समाजका अध्यक्ष सरोज थापाले जानकारी दिए ।
सुरुमा समाजकै सदस्यहरुको सहयोगबाट खाजा वितरण सुरु गरिएको थियो । समाजका धर्मनन्द श्रेष्ठ, राजु थापा, अच्युत अधिकारी, शम्भू केसी, इन्द्रावती श्रेष्ठलगायतको सहयोगमा खाजा वितरण सुरु गरिएको थियो । अहिले विभिन्न दाताहरुले पनि सहयोग गर्दै आइरहेको छ ।
नागढुंगा नाकाबाट बिहान र बेलुकाको समयमा दैनिक ४–५ सय जनाले उपत्यका छोड्ने गरेका छन् । समाजले चिउरा, दालमोठ, चाउचाउ, बिस्कुटको पोका र एक बोतल पानी प्रदान गर्दै आएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments