समाचार Archives | Page 74 of 122 | नेपालमाला

 

सात मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सात मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँहरुले राजीनामा दिनुभएको हो । प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा आफूहरुको असहमति रहेको भन्दै राजीनामा दिएको उहाँहरुले…

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको…

काठमाडौं उपत्यकामा थप २३८ जनामा संक्रमण

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा १७९ ललितपुरमा ३३ र भक्तपुरमा २६ जना गरी थप २३८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा देशभर ५८८ जना संक्रमित थपिएका छन्।…

पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ। यस्तै आइतबार १ हजार ९७ जना डिस्चार्ज भएका छन्।…

दाहाल र नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै ५ जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । विशेषगरी पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् । कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई,…

बालुवाटारमा सुरक्षा परिषदको बैठक

काठमाडौँ: संसद विघटनसँगै प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो सुरक्षा परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । बैठकमा गृहमन्त्री, अर्थमन्त्री सहित प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्। संसद भंग गराएपछिको…

पूर्वसचिव प्रेमकुमार राई अख्तियार प्रमुखमा सिफारिस

काठमाडौँ: संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको…

मनाइयो विवाह पञ्चमी पर्व

काठमाडौँ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको…

पछिल्लो २४ घण्टामा ७८२ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ७८२  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा  ७८२ जनामा संक्रमण…

काठमाडौँको तापक्रम १.६ डिग्री

काठमाडौँ : पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस…

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौँ :  संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो…

भोलिबाट उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं : उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए। केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू…

बुधबार काठमाडौंमा यो वर्षकै जाडो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । केही दिनदेखि बढेको चिसो अझै बढ्ने महाशाखाले बताएको छ । बुधबार बिहान न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस रहेकामा घाम लागे पनि तापक्रम घटेर २.८ डिग्री…

नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा

काठमाडौँ : गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको…

संवैधानिक परिषद् अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिए। उक्त पार्टीका शीर्षस्थ नेताहरुले सरकारले अध्यादेश ल्याउनुलाई…

लामा परिवारप्रति उसु महासंघको समवेदना

काठमाडौं : नेपाल उसु महासंघले आफ्ना उपाध्यक्ष दीपक लामाका पुजनीय पिता भीमबहादुर लामाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामाले मंगलबार नुवाकोटस्थित निवासमै पुगेर परिवारजनमा समवेदना प्रकट गरेका…

बालाचतुर्दशीको पुर्वसन्ध्यामा सुनसान पशुपति   

काठमाडौँ : मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने…