काठमाडौँ : संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो…
भोलिबाट उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने
काठमाडौं : उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए। केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू…
बुधबार काठमाडौंमा यो वर्षकै जाडो
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । केही दिनदेखि बढेको चिसो अझै बढ्ने महाशाखाले बताएको छ । बुधबार बिहान न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस रहेकामा घाम लागे पनि तापक्रम घटेर २.८ डिग्री…
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा
काठमाडौँ : गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको…
संवैधानिक परिषद् अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिए। उक्त पार्टीका शीर्षस्थ नेताहरुले सरकारले अध्यादेश ल्याउनुलाई…
लामा परिवारप्रति उसु महासंघको समवेदना
काठमाडौं : नेपाल उसु महासंघले आफ्ना उपाध्यक्ष दीपक लामाका पुजनीय पिता भीमबहादुर लामाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामाले मंगलबार नुवाकोटस्थित निवासमै पुगेर परिवारजनमा समवेदना प्रकट गरेका…
बालाचतुर्दशीको पुर्वसन्ध्यामा सुनसान पशुपति
काठमाडौँ : मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने…
नेपालमा ७२ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने तयारी
काठमाडौं : नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको…
प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै
काठमाडौँ : देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा…
आठ महिनापछि सदर चिडियाखाना खुल्दै
काठमाडौँ : विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहिबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना…
फेरि जोडियो ‘विवेकशील साझा’
काठमाडौँ : अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ । विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक…
काठमाडौं उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए
काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ५९४ सहित १३ सय ८२ जनामा कोरोना…
बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
काठमाडौँ : प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस…
काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिए
काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १८८ महिला र २५४ पुरुषसहित ४४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका ४४२ सहित १ हजार १४ जनामा कोरोना भाइरस…
डोटी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, चार घाइते
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको…
काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५६१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९)…
त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा
काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन…
