काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनले नियमित बैठक भनेर बोलाइएको बताए। सुरक्षा परिषद्को बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।…
संसद् विघटन मुद्दा आज ‘हेर्दाहेर्दै’मा
काठमाडौ : बहस सुनुवाइ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ। सोमबारसम्म दुवैपक्षलाई बहस नोट बुझाउने भनेको थियो। बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत छ। गत फागुन ७ गते एमिकस क्युरीबाट बहस गर्ने क्रम सकिएपछि यसलाई…
मेलम्ची खानेपानीको सुरुङ परीक्षण
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि…
मेलम्ची सुरुङ पुनः परीक्षण गरिने
काठमाडौँ : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको…
आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४७ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा…
शिव पौडेलका हत्या गर्नेलाई आम माफी दिएकोमा तरुण दलको आपत्ति
काठमाडौ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकोमा निन्दा र भत्र्सना गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शनिबार एक विज्ञप्ती…
केही दिन मौसम सफा हुने
काठमाडौँ : आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम…
कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव…
पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १११ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ४१ जनानाको…
बुधबार १२५ मा सङ्क्रमण, ९१ निको
काठमाडौँ : कोभिड–१९को सङ्क्रमण बुधबार १२५ मा देखिएको छ । तीन हजार ८३८ को पिसिआर परीक्षण गराउँदा ४८ महिला र ७७ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । आज देखिएका सङ्क्रमितसँग सङ्क्रमणको सङ्ख्या…
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
बागलुङ : गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले…
यस कारण पक्राउ परे विनयजङ्ग बस्नेत
काठमाडौं : काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी…
भागरथीका आमालाई काँग्रेसको सहयोग
बैतडी : नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आज घटनाको बारेमा स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिनुभएको छ । पूर्वमन्त्री रमेश लेखकले…
आइतबार १०४ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार तीन हजार पाँच सय नमुनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।…
भागरथी हत्या : भीरकट्यामा अड्कियो अनुसन्धान
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन। भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५…
झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
झापा : पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको…
कोरोना खोप आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई
काठमाडौं : सरकारले आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका…
