बुटवल : नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्बको हिसावकिताव खोजिने बताएका छन् । बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले त्यो रकम रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनुपर्ने दाबी गरेका छन्। उर्जामन्त्री रायमाझीले…
गङ्गामायाको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन आग्रह
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसगँ आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आज गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गङ्गामायाको अवस्थाको अवलोकन गर्नुका साथै…
नेकपाको झगडा पदका लागि मात्रै हो : कमल थापा
मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताउनुभएको छ । उहाँले आज मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश…
जीप दुर्घटनामा तीनको मृत्यु
लमजुङ : लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ ५ः१५…
बिहीबार ८१ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार थप १११ जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख…
कोरोना परीक्षण शुल्क एक हजारमा झारियो
काठमाडौं : सरकारले कोरोना भाइरस ९कोभिड(१९०को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो । यसअघि पीसीआर टेष्टको शुल्क दुई हजार रुपैयाँ थियो ।…
यो अन्तिम लडाईं हो, धैर्य गर्नुहोला : रामकुमारी झाँक्री
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै धैर्य गर्न आग्रह गरेकी छन् । प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘अपराध अनुसन्धान मीनभवनमा छु’ झाँक्रीले…
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावले बिहीबार वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ। पश्चिमी वायुको प्रभावले शुक्रबारबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा…
अधिकांश स्थानमा बदली, काठमाडौंमा पानी पर्ने सम्भावना भने कम
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र…
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार…
ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प
फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले…
अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण
भरतपुर : माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति…
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो
काठमाडौँ : नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने…
सवारी लाइसेन्स : लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने
काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश…
आजबाट मौसममा सुधार
काठमाडौं : काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले बिहान अत्यधिक चिसो महसुस भएको छ । गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियससम्म झरेको थियो । यो नै यस वर्षको सबैभन्दा…
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
सिद्धार्थनगर : महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र…
सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध
मकवानपुर : त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो…
