आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४७ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ३२५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै थप ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा १८ महिला र ३१ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२१ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ। यस्तै १४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलो ६८ जना क्वारेन्टाइनमा छन् भने १४ सय ९४ जना आइसोलेसनमा छन्। १० जनाको भेन्टिलेटरमा र ५२ जनाको आइसीयूमा उपचार भइरहेको  छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments