समाचार Archives | Page 68 of 122 | नेपालमाला

 

सोमबार ८९ कोरोना संक्रमित थपिए

काठमाडौँ : देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका…

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १…

 बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध

गलकोट :  बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ ।…

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा…

ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज

काठमाडौं : ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता दिएको छ । नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो लगाउँदै सर्वोच्च अदालतले कट्टेलको नेकपालाई मान्यता दिएको हो । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको वैधानिकता भने यो फैसलासँगै…

दलको नेता परिवर्तन भएको सूचना संसद्‍मा दर्ता : प्रचण्ड-नेपालले बुझाए ११२ को हस्ताक्षर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारीसहित बुझाएको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ। आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी…

दोस्रो चरणको खोप आजदेखि

काठमाडौँ :  कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा…

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपुर : पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो…

कोभ्याक्स सुविधाको खोप आज नेपाल आइपुग्ने

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दक्षिण…

मेलम्चीको पानी बागमतीमा, उपत्यकावासीको सपना पूरा भयो ः प्रधानमन्त्री

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच…

नारायणगढ-मुग्लिङ सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

चितवन : नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०।३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।…

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको…

विप्लव नवलपुरमा सार्वजनिक

काठमाडौं : सरकार र विप्लव समुहबीच विहिबार भएको तीन बुँदे सहमतिपछि शुक्रबार बिहानै नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरको देवचुली–१२ बाट सार्वजनिक भएका छन् । सशस्त्र आन्दोलन सुरु गरेको दुई वर्षपछि उनी सार्वजनिक भएका हुन्। नवलपुरमा सार्वजनिक भएका उनले आज सार्वजनिक हुने…

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं : सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा…

मंगलबार थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४५ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा…

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग   

सोल : बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले…

थप ७३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २९ महिला र ४४ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा…