काठमाडौं : काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेत सँगै बस्थिन्।
सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

नेपालमाला
