समाचार Archives | Page 54 of 122 | नेपालमाला

 

नयाँ शैक्षिक सत्र : देशभर भर्ना अभियान सुरु

काठमाडौं : विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । कोभिड-१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई…

काठमाडौं उपत्यकामा ६०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा ५ हजार १४७…

सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज

काठमाडौं : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चाको निर्णयलाई सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा…

जसपाको दुवै पक्षको कारबाही अमान्य

 काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ । साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ…

आइतबार २४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण…

देशका धेरै स्थानमा पानी पर्ने : मनसुन आजदेखि पश्चिम नेपाल पुग्ने

काठमाडौं : नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ । जल तथा मौसम…

मकवानपुरको विकट गाउँ राक्सिराङका विपन्न परिवालाई खाद्यान्न सहयोग

मकवानपुर : सामाजिक अभियानकर्ताहरूको सक्रिय साझा संस्था पहलले शनिबार मकवानपुरको विकट गाउँपालिका राक्सिराङ्गमा पुगेर राहत वितरण गरेको छ । कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका राक्सिराङ्गको काकड़ा बेसीगाउँ वडा नम्बर ७ का अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो…

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

काठमाडौँ : प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १,…

आगामी तीन दिन : भारी वर्षाको सम्भावना

काठमाडौं : नेपालमा पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी

पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन्। पोखरेलले जनमार्चाका २,…

 फेरि हटाइए गण्डकी प्रदेशसभा सदस्य थापा

गण्डकी : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्लुङ…

देशका धेरै स्थानमा आज पानी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहानदेखि देशका विभिन्न स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि…

भदौमा १४औं महाधिवेशन भएरै छाड्छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौ महिनामा पार्टी महाधिवेशन हुने बताएका छन् । बुधबार प्रेस वक्तव्य सार्वजनिक गर्दै सभापति देउवाले भदौमा महाधिवेशन हुने कुरामा आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । महामारीकै बीचमा पार्टी महाधिवेशन भदौमा हुने उनको…

पछिल्लो २४ घण्टामा चार हजार ३४४ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ३४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौं उपत्यकामा मात्र ९१५ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ८० हजार ३३६  जना…

कस्तो रहला यस वर्षको मनसुन ?

काठमाडौँ : प्रायः अंग्रेजी महिनाका मार्चदेखि सुरु हुने प्रिमनसुन मे महिनासम्म रहन्छ । हिजो आज मुलुकभर विभिन्न ठाउँमा परिरहेको पानी त्यही प्रिमनसुन हो । तर कृषकले कुरेर बसिरहेको मनसुन १३ जुनसम्ममा भित्रिने मौसम पूर्वानुमान महाशाखले जनाएको छ । मौसमविद् बरुण…

मन्त्रिपरिषद् विस्तारको गृहकार्य : गृहमा खगराज र महेशको दाबी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन् । बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । शुक्रबार मन्त्रिपरिषद्…

 पछिल्लो २४ घण्टामा ६५७० जनाले जिते कोरोना : ५१५३ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख नाघेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या पाँच लाख ४ हजार पाँच सय…