समाचार Archives | Page 56 of 122 | नेपालमाला

 

काठमाडौं उपत्यकामा १२६३ कोरोना संक्रमित थपिए

काठमाडौं :  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा…

जसपाको ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुनेबारे विषयमा टुंगो लागेको जसपा ठाकुर पक्षले बताएको छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल…

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं : शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयमा  बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। आइतबार  मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न…

काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा…

कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं : कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलबमान दुई हजार रुपैयाँ बढ्ने बताएका हुन् । कोारोना महामारीको समयमा सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो…

पछिल्लो २४ घण्टामा ६ हजार ८० ले कोरोना जिते, ११६ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको…

खोप खरीदका लागि पौने २७ अर्ब बजेट विनियोजित

काठमाडौँ : सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो । सरकारले यसअघि भारतबाट नेपाली सेनाको…

काठमाडौं उपत्यकामा थपिए २,३२४ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन्…

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

कास्की :   पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन…

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजे सम्बोधन गर्न लागेका हुन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको…

८१३ पत्रकार कोरोना सङ्क्रमित

काठमाडौँ :  कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल…

भेरीमा सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण

राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति…

काठमाडौं उपत्यकामा २,३६७ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् । यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै…

कांग्रेसको महाधिवेशन : पौडेलले दिए दुई विकल्प

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् । पार्टीको वैधानिकता जोगाउन…

बक्सिङ संघले महामारीमा साधारणसभा बोलाएर जग हसाइँ ग¥यो : सविन भट्टाचार्य

काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले कोरोना भाइरसको महामारीले सिंगो मुलुक आक्रान्त भएका बेला अध्यक्ष राम अवालेले साधारणसभा बोलाएर ‘जग हसाइँ’ गरेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव भट्टाचार्यले संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयविपरीत र…

दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै   

काठमाडौँ : भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान…

काठमाडौं उपत्यकामा २६१३ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि…