मकवानपुरको विकट गाउँ राक्सिराङका विपन्न परिवालाई खाद्यान्न सहयोग

मकवानपुर : सामाजिक अभियानकर्ताहरूको सक्रिय साझा संस्था पहलले शनिबार मकवानपुरको विकट गाउँपालिका राक्सिराङ्गमा पुगेर राहत वितरण गरेको छ ।

कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका राक्सिराङ्गको काकड़ा बेसीगाउँ वडा नम्बर ७ का अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो । हेटौडाको सिद्धार्थ शिशु सदन बोर्डिङ्ग स्कुलबाट २०५४ सालमा एसएलसी पास गर्ने भूतपूर्व विद्यार्थीहरुको सक्रियतामा १ लाख रुपैया बराबरको खाद्यान्न सहयोग गरिएको पहलका संयोजक जावेद हुसेनले जानकारी दिनुभयो ।

खाद्यान्न अभाव भएर जंगली कन्दमुल खान बाध्य उक्त गाउँमा केहिदिन अघि मात्रै विषालु च्याउ खाएर १ जनाको मृत्यू र २ जना बिरामी भएको खबर थाहा पाएपछि आफुहरुले खाद्यान्न सहयोग गरेको संयोजक हुसेनले बताउनुभयो । गाउँपालिकाको अनुमती पश्चात अति विपन्न ४२ परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो पिठो, चना, नुन, तेल, मस्यौरा लगायतका खाद्यय सामग्री सहयोग गरिएको हो ।

खाद्यान्न वितरणका लागि काठमाडौं, युएसए, अष्टेलिया, क्यानडा, लण्डनबाट सामाजिक अभियानकर्ताहरूले आर्थिक सहयोग गर्नु भएको संयोजक हुसेनले बताउनुभयो । खाद्यान्न सहयोग वितरण कार्यक्रममा संयोजक हुसेन, संस्थामा आबद्ध आनन्द अग्रवाल, मनिल श्रेष्ठ, प्रविण बास्तोला, लिलु पुलामी मगर लगायतको सहभागिता रहेको थियो ।

2 1 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments