काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १४ हजार ८१९ नमूनामध्ये २९ सय१८ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट निधन हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

नेपालमाला
