समाचार Archives | Page 49 of 121 | नेपालमाला

 

मन्त्री छनोट गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले…

बागमती, गण्डकी र लुम्बिनीमा भोलिदेखि खोप अभियान

काठमाडौं : सरकारले  मंगलबारदेखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको…

राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ : विवेकशील साझा

 काठमाडौं : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई सर्वोच्च अदालतले संवैधानिक अनुशासनमा बाँधेको उसको निष्कर्ष छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त…

पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना संक्रमित थपिए , १८ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८४ नमूना परीक्षणमा २३ सय ७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११…

चार कारणले माओवादी केन्द्र वैध : निर्वाचन आयोग

काठमाडौं : नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न सत्तारुढ नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरुले गरेको माग निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगले भनेको छ, माओवादी केन्द्रको दल दर्ता वैधानिक छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज…

अझै दुईदिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं : केहीदिन यता सक्रिय मनसुन अझै दुईदिन रहने भएको छ । दुईदिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “अहिले सक्रिय भएको मनसुन अझै दुईदिनसम्म रहने छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “पानी त दुईदिन पछि…

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं : सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी…

एक डोज मात्रै लगाए पुग्ने १५ लाख कोरोना खोप अमेरिकाबाट यसैसाता नेपाल आउने

काठमाडौं : अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि…

यस्ता मोबाइल सेटले साउनपछि काम गर्दैन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागु गर्न प्राविधिक काम भइरहेको जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताए । आउँदो साउन महिनाभरि मोबाइल प्रयोगकर्तालाई आईएमईआई नम्बर दर्ता गराउन समय…

उपत्यकाबाहिर झापामा सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५८५ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ३६५ जना र उपत्यका बाहिर झापामा १७६…

मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो । सरकारले संसद विघटन गरी कात्तिक…

प्रतिनिधिसभा विघटन : मुद्दाको बहस सकियो, फैसला असार २८ मा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा सोमबारदेखि बहस सकिएको छ। प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै दायर भएको रिटमा बहस सकिएको हो। संवैधानिक इजलासमा विघटनविरुद्ध परेका रिटमा रिटमा पक्ष, विपक्ष र…

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : बहसका लागि अब ४ घण्टा मात्र बाँकी

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहसका लागि अब चारघण्टा मात्र बाँकी रहेको छ । गत जेठ ८ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका तर्फबाट दर्ता भएको रिटमा सर्वोच्च अदालतलको संवैधानिक इजलासमा बसह भइरहेको…

पछिल्लो २४ घन्टामा १६ सय ३ जनामा संक्रमण, २७ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका ८ हजार १३२ नमूनामा उक्त मात्रामा संक्रमण देखिएको हो। ४८ सय ७६ नमूनाको पीसीआर र ३२ सय ५६ नमूनाको एन्टिजेन विधिबाट…

आइतबार चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको…

चार वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं : मनसुनी  वायुको  देशभर सक्रिय प्रभाव रहेको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश  १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम…

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा : कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास…