समाचार Archives | Page 48 of 121 | नेपालमाला

 

मंगलबार ३१०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको…

उपप्रधानमन्त्रीमा पौडेल समूहको दावी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टीभित्रको शक्ति…

देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले…

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा…

आइतबार १८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८…

संसदको अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताए । ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त…

काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८७५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२८…

मनसुन थप सक्रिय भएकाले भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह

काठमाडौं : आजबाट मनसुन थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा आजबाट थप मनसुन सक्रिय भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । ‘आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी…

शुक्रबार २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

नयाँ भाडादर : एउटै रुटमा ५७६ रुपैयाँसम्म बढ्यो

काठमाडौं : सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं-अत्तरीया-मार्तडी रुटमा सबैभन्दा धेरै ५७६…

संसद बैठक साउन ३ गते बोलाउन सरकारको सिफारिस

काठमाडौं : सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । जेठ ७ गते…

देशभरका ४९ अस्पतालमा ज्येष्ठ नागरिकको निशुल्क तथा सहुलियतमा उपचार हुने

काठमाडौं : सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा…

आदिकविको सम्झना : शारदा एकेडेमीमा कविता लेखन र वाचन प्रतियोगिता

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको सम्झनामा बुधबार कपनस्थित शारदा एकेडेमीले कविता लेखन र वाचन प्रतियोगिता आयोजना गरेको छ । भानुभक्त आचार्यको १०८औं जन्मजयन्तीको अवसर पारेर भर्चुअल माध्यमबाट प्रथम शारदा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा…

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन : ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले आत्मआलोचना गरेर आए अन्य…

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं :  कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो । मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको…

मंगलबार २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो…

देउवाको प्रधानमन्त्री नियुक्तिमा संविधान धारा नै गायब !

काठमाडौं : सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री…