देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments