समाचार Archives | Page 51 of 122 | नेपालमाला

 

आइतबार चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको…

चार वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडौं : मनसुनी  वायुको  देशभर सक्रिय प्रभाव रहेको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश  १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम…

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा : कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास…

भक्ति थापा अब राष्ट्रिय विभूति

 काठमाडौं : सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको…

काठमाडौंका यी ठाउँमा लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं : यही असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य…

आजदेखि आन्तरिक उडान : मौसम बाधक बन्न सक्ने !

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा सुरु गर्ने निर्णय गरेको…

अविरल वर्षा : पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

काठमाडौं :  अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी…

रुपा सुनारविरुद्ध घरबेटी प्रधानको उजुरी

काठमाडौं : दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र…

मूल्यको राजनीति छाडिन्न : माधव नेपाल

 काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि,…

दाङमा सार्वजनिक सवारीसाधन चल्न दिइने, विद्यालयबाहेक सबै क्षेत्र खुकुलाे

दाङ : दाङमा जारी निषेधाज्ञालाई खुकुलो पारी असार २२ गतेसम्म लम्ब्याइएको छ । थपिएको निषेधाज्ञामा विद्यालयबाहेक लगभग अन्य सबै क्षेत्रहरू सञ्चालन गर्न दिने निर्णय भएको छ । केन्द्रको निर्णयका आधारमा मात्रै हुने हुँदा विद्यालय नखोलिएको हो । प्रमुख जिल्ला अधिकारी…

भोलिबाट मनसुन थप सक्रिय हुने पाँचवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : बुधबारबाट मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै…

कांग्रेस महाधिवेशन : रामचन्द्र फकाउँदै शेखर

 काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले…

मलाई बौलाह कुकुरले टोकेको छ र, कोही नपाएर माधवलाई अफर गर्न ? : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफुले प्रधानमन्त्रीका लागि अफर नगरेको स्पष्ट गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो कुनै अफर नगरेको खुलासा गरेका हुन्। प्रधानमन्त्री ओलीको भनाइ छ, ‘मलाई बौला…

सोमबार २४४४ जनामा कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।…

ढोरपाटनमा पुन दम्पत्तिको पहलमा विपन्न लोकबहादुर–शुवित्रालाई आर्थिक सहयोग

ढोरपाटन : बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ६ मा समाजसेवी दम्पत्ति हरि पुन–शर्मिला पुनको पहल र नेतृत्वमा अति विपन्न लोकबहादुर भण्डारी तथा शुवित्रा भण्डारीलाई आर्थिक सहयोग गरेका छन् । हाल पोर्चुगलमा बसोबास गर्दै आएका पुन दम्पत्तिले लोकबहादुर भण्डारी र शुवित्रा भण्डारीलाई…

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा आज बिहान वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश…

क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिले माग्यो नेतृत्वको सहयोग

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ । २० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो ।…