आदिकविको सम्झना : शारदा एकेडेमीमा कविता लेखन र वाचन प्रतियोगिता

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको सम्झनामा बुधबार कपनस्थित शारदा एकेडेमीले कविता लेखन र वाचन प्रतियोगिता आयोजना गरेको छ ।
भानुभक्त आचार्यको १०८औं जन्मजयन्तीको अवसर पारेर भर्चुअल माध्यमबाट प्रथम शारदा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत सुमन अधिकारी पहिलो भए । उनले ‘त्यहाँ तिमी रोकिनु’ शीर्षकमा कविता लेखन तथा वाचन गरेका थिए । कुन्जिका ढकाल दोस्रो र कपिल बिक तेस्रो भए । अभिभावकतर्फ सरस्वती न्यौपानेको कविता लेखन र वाचन उत्कृष्ट ठहरियो । कुल पाँच जना अभिभावक र २५ जना विद्यार्थीले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।


समसामयिक विषयमा आधारित गद्य वा पद्य कुनै पनि प्रकारको कविता लेख्न सकिने प्रावधान रहेको थियो । जसमा विशुद्ध नेपाली भाषामा १५० देखि २०० शब्दको कविता हुनुपर्ने नियम थियो । विद्यालयका अध्यक्षसमेत रहेका दिनेशकाजी थापाको सभापतित्वमा भएको कविता वाचन तथा लेखन प्रतियोगिताको निर्णायकमा कवि तथा गीतकार नारायण नेपाल र कवि तथा गायक विजय तामाङ ‘विश्वास’ रहेका थिए ।
पहिलो हुने विद्यार्थीले मासिक शुल्कमा ३०% छुट र ट्रफी, दोस्रोले मासिक शुल्कमा २०% छुट र ट्रफी तथा तेस्रो हुने विद्यार्थीले मासिक शुल्कमा १०% छुट र ट्रफी प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक झवि राईले जानकारी दिए । विद्यालयका सहप्रधानध्यापक मोहनप्रसाद फुयाँलले उक्त कार्यक्रम सञ्चालन गरेका थिए । उनले कार्यक्रममा दुई सय जना विद्यार्थी र अभिभावकको उपस्थिति रहेका जानकारी दिए । सोही अवसरमा अध्यक्ष दिनेशकाजी थापाद्वारा आदिकविको जीवन वृत्तान्तसमेत प्रस्तुत थियो । कार्यक्रमको अन्तमा कवि गोष्ठीको पनि आयोजना भएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments