काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८७५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २९९ जना छन् । यस्तै, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments