समाचार Archives | Page 3 of 94 | नेपालमाला
विभूषण लिलामीमा राखेपछि सरकारले महावीरलाई गरायो सचेत

काठमाडौं : सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ । गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले पठाएको पत्रमा…

बल्खु तरकारी बजारमा बाढी पस्यो

काठमाडौं : भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।…

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने…

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका…

काठमाडौंको बसपार्क क्षेत्र पनि डुबानमा

 काठमाडौं : काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ…

नेपालतिर सर्‍यो पानी पार्ने प्रणाली, तीन दिन मनसुन सक्रिय हुने

काठमाडौं : न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ । मौसमविद सन्जिब अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपालको…

माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी

काठमाडौँ : माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् । चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि…

रास्वपाको ‘ब्लु बस’को रङ अनुमति नलिइ परिवर्तन

 चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको…

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

 चितवन : ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन…

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले सक्काए झण्डै करोड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ…

उपत्यकामा डेंगी प्रकोपको जोखिम कायमै

काठमाडौँ : धरानलगायतका सहरमा डेंगीले महामारीको रूप लिए पनि यस वर्ष राजधानी उपत्यकामा भने डेंगीले प्रकोपकै रूप लिने सम्भावना कम रहेको विज्ञहरूले बताएका छन् । तर, सावधानीका लागि सातामा एक पटक घर र छेउछाउमा लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान…

पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’

काठमाडौं : ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र…

पानी पार्ने प्रणाली नेपालतिर सर्दै, मधेश प्रदेशलाई हुनेछ राहत

काठमाडौं : मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको…

बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं : निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन । विरोध प्रदर्शन…

लथालिंग प्रदेश सरकार

काठमाडौँ : प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् । छोटो समयमै चारवटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । कर्णाली र गण्डकीबाहेकका प्रदेशमा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ । सबैभन्दा बढी संकट र अन्योल…

सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा

काठमाडौं : राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा…

अश्लील गतिविधि गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौं : दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए…