समाचार Archives | Page 2 of 94 | नेपालमाला
आगामी दुई दिन देशभर झरी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाडौं : मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म  झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ…

५ एआईजीको सरुवा

काठमाडौँ : सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन…

आज पहाडी क्षेत्रमा मौसम बदली रहने

काठमाडौं : आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर  र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेशका…

नेवार समुदायको एक महिने ‘गुँला पर्व’ सुरु

काठमाडौं : नेवार समुदायको एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि सुरु भएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । पर्व विशेषतः नेवार समुदायका बौद्ध धर्मावलम्बीले…

गाडी भाडा बढ्यो, कहाँको कति ?

काठमाडौँ : यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै…

पूर्णरुपमा खुल्यो जग्गा कित्ताकाट

काठमाडौँ : मन्त्रिपरिषद्ले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिइन् । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने…

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी…

‘ब्रेक शु’ भित्रको ६० किलो सुन गालिँदै

काठमाडौँ : मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन मंगलबार गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। यसअघि सोमबार ब्रेक शुुबाट…

सभामुखको निष्पक्षतामाथि सांसदकै प्रश्न

काठमाडौँ : सुन तस्करी प्रकरणले राजनीतिक दलहरूबीच आरोपप्रत्यारोप मात्रै नभई त्यसको प्रभाव संसद्मा परेपछि सभामुख देवराज घिमिरेमाथि निष्पक्षताको प्रश्न उठेको छ । पदीय गरिमा र जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले घिमिरेमाथि प्रश्न गरेका हुन् । बैठकको सुरुमै एमालेका…

भदौदेखि डा.गोविन्द केसीले सत्याग्रह गर्ने

 काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिलगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित…

तस्करी सुनको तौल ६० किलो ७८९ ग्राम

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राजस्व…

कर्णाली नदी वरपरका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर : कैलालीको टीकापुर-५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६,…

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सोमबारपछि मौसम क्रमिक रुपमा सुधार हुने

 काठमाडौं : सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण…

सोमबारसम्मै भारी वर्षा हुने

 काठमाडौं : न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक)…

विद्युतीय चुल्होको प्रयोग बढ्यो

काठमाडौं : मुलुकभर विद्युतीय चुल्होको कारोबार बढेको छ । केही वर्ष अघिसम्म वर्षभर एक हजारको हाराहारीमा आयात हुने विद्युतीय चुल्होको संख्या पछिल्ला दिनहरुमा लाखमा पुगेको छ । तारे होटल र साना रेष्टुराँदेखि घरका भान्सामा इन्डक्सन र इन्फ्रारेड वैकल्पिक चुल्होको रुपमा…

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

 काठमाडौं : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण…

मौसम तत्काल सुधार नहुने, गत १२ घण्टामा बर्दियामा सबैभन्दा धेरै वर्षा

काठमाडौं : मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । मौसमविद सन्जिव अधिकारीले भने, ‘मौसममा उल्लेख्य सुधार छैन…