समाचार Archives | Page 112 of 122 | नेपालमाला

 

मंगलबारदेखि हिमपात र वर्षा

काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले मंगलबारदेखि देशैभर हिउँदे वर्षा र हिमपात हुने भएको छ । भू–मध्य सागर र अरब सागरको वायुको…

 कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव 

चितवन : उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी…

सभामुख नियुक्तको विरोध गर्ने मानवअधिकारकर्मी पक्राउ

काठमाडौ : प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा…

ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल

दमौली : चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण शुरु गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण गरेको हो । विश्वमाझ प्रख्यात बन्दीपुरमा धेरैभन्दा…

निगमका अध्यक्ष खरेलको राजीनामा

काठमाडौ : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा पत्र बुझाउनुभएको मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि, खरेलको राजीनामा सम्बन्धमा स्वतन्त्र पुष्टि भइसकेको छैन…

एमसीसीमा सैन्य गतिविधि निषेध

काठमाडौं : अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)बाट सञ्चालन हुने परियोजनामा अमेरिकी कानुनले नै सैन्य मामिला निषेधित रहेको अमेरिकाले उल्लेख गरेको छ। एमसीसी परियोजनाका सम्बन्धमा आम जनमानसबाट प्रश्न उठेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसीमार्फत् अमेरिकाले गर्दै आएको सहयोगका सम्बन्धमा प्रष्ट्याएको…

विश्वकै होचा खगेन्द्र रहेनन्

काठमाडौं : विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा रेकर्ड राखेका बागलुङका खगेन्द्र थापामगरको शुक्रबार निधन भएको छ । उपचारका क्रममा शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएर आइसीयूमा बसेर उपचार गराइरहेका…

गायिका राउतको विषयमा अनुसन्धान हुन्छ : प्रहरी

काठमाडौ : गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री ९भिडियो० हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको…

कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति 

काठमाडौ : अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन गरे पुग्दथ्यो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त…

मन्त्रिपरिषद् निर्णय : अवैध रुपमा भित्रिएको रक्तचन्दन फिर्ता गरिने

काठमाडौ : अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो । ‘संकटापन्न…

कर्णालीमा हिमपात, जनजीवन कष्टकर 

सुर्खेत : कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको साताँै पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको…

नेपाली यातायातमा भियना मोडल

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली अस्ट्रियाको राजधानी भियनाको जस्तै बनाउने तयारी गरेको छ । नयाँ कानुन ल्याएर यातायात प्रणालीमा भियना मोडलको नक्कल गर्ने सरकारले तयारी गरेको छ । भियनाको यातायात पद्धति विश्वकै उत्कृष्ट नमूना मानिन्छ । पहिले…

पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या   

काठमाडौ : नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ । माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको…

पार्टी बसको क्रेज

काठमाडौ : स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको…

आज पृथ्वीजयन्ती मनाइँदै 

काठमाडौ : नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो । सात…

श्रीस्वस्थानी मेला शुरु   

काठमाडौं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र…

सत्य निरुपण आयोगमा भागबण्डा

काठमाडौ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका…