मंगलबारदेखि हिमपात र वर्षा

काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले मंगलबारदेखि देशैभर हिउँदे वर्षा र हिमपात हुने भएको छ ।
भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको महाशाखाले जनाएको छ ।
पश्चिममा अहिले साँझदेखि नै पश्चिमी वायुको असर शुरु भइसकेको छ । अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र भोली सबैभागमा फैलिने र त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर बिहीबारसम्मै रहने छ । डेढ साता अघिकोजस्तो निरन्तर झरीको संभावना भने नरहेको महाशाखाले जनाएको छ ।
हिउँदे झरी र हिमपात गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु काश्मीर हुँदै भित्रिने गर्छ । विज्ञहरुका अनुसार भू–मध्य सागरको वायु जति कम उचाई हुँदै बहन्छ त्यसले अरब सागरको वायुलाई समेत दक्षिण एसियाली मुलुकतर्फ धकेल्न सघाउ पु¥याउँछ ।

दुवै सागरको वायुमा पर्याप्त जलवाष्पको मात्रा भएपछि मौसम धुमिने र हिउँदे झरी गराउने उच्च सम्भावना रहन्छ । पश्चिमी वायु जमिनको सतहबाट साढे पाँच किमी वा सो भन्दा कम उचाइ दुरी हुँदै बहेमा वर्षा र हिमपातको संभावना उच्च रहने गर्छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments