विश्वकै होचा खगेन्द्र रहेनन्

काठमाडौं : विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा रेकर्ड राखेका बागलुङका खगेन्द्र थापामगरको शुक्रबार निधन भएको छ । उपचारका क्रममा शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उनको निधन भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएर आइसीयूमा बसेर उपचार गराइरहेका उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ ।

बागलुङ धुल्लुवासकोट ६ का खगेन्द्रको जन्म २०४९ अजोज १८ गते जन्मिएका थिए । २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका उनको उचाइ २ फिट २ इन्च रहेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments