स्वास्थ्य Archives | Page 4 of 5 | नेपालमाला

 

साढे ७३ हजारको कोरोना परीक्षण, ३४० जना रेड जोनमा

काठमाडौं : नेपालमा  हालसम्म  कोरोना भाइरस आशंकामा ७३ हजार ५५५ नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १६ हजार ८९८ आरडीटी प्रविधिबाट ५६ हजार ६५७ नमूना परीक्षण भएका हुन्। रेड जोनमा ३४५  जना रहेका छन्। गत २४ घन्टामा १ हजार ३१६ नयाँ नमूना…

कोरोनाको उच्च जोखिममा काला जाति, गोराको तुलनामा चार गुणा जोखिम

लण्डन : बेलायतमा कोरोना भाइरसका कारणअश्वेत जातिका मानिसको मृत्यु हुने सम्भावना गोराहरुको तुलनामा चार गुणा बढी भएको बताइएको छ । हालै सार्वजनिक गरिएको एक अनुसन्धानले यस्तो जनाएको हो । काला जातिका मानिसको मृत्युदर अन्य आदिवासीहरुको तुलनामा पनि बढी नै भएको उक्त…

कोरोना भाइरसको महामारीबाट विश्वलाई बचाउन सक्ने सम्भावित ६ खोप

लन्डन : कोरोना भाइरसको महामारी रोक्न विश्वभरका वैज्ञानिक यसविरुद्धको खोप निर्माणका लागि कडा मेहनत गरिरहेका छन् । विशेषज्ञहरुका अनुसार अहिले निकै तीव्र गतिमा कोरोना भाइरसो खोपका बारेमा अनुसन्धान भइरहेको छ । कुनै पनि रोग र महामारीको खोप निर्माण गर्दा दशकौं…

नेपालगञ्जका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य

कोहलपुर : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई वार्डमा चिकित्सकको…

के–के समेटिएको कोरोना निर्देशिकामा

काठमाडौँ : कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको…

गर्मीमा रोकिन्छ त कोरोना महामारी, के भन्छन् बैज्ञानिक ?

लन्डन : गर्मी मौसमले कोरोना भाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको उक्त भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै संकेत हुन सक्छ? चीनबाट फैलिएको विश्वास गरिएको…

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति…

स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण

काठमाडौं । गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण हुनसक्ने बेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । लण्डनको किङ्ग्स कलेजको एक टिमले करोना भाइरसको शंकास्पद लक्षण एउटा एपमा रिपोर्ट गर्ने करिव ४ लाख मानिसको डाटाको अध्ययन गरेका…

कोरोना भाइरसको सातवटै प्रदेशबाट परीक्षण शुरु

काठमाडौँ : उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२…

व्यवसायी सेल्फ क्वारेन्टाइनमा

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन् । सरकारले नै विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै व्यवसायीले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको बताएका छन् ।…

कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिँदै

वासिङटन : अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। बीबीसीका अनुसार अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परीक्षण गर्न लागिएको हो। ती स्वयंसेवी कुनै पनि कोरोना संक्रमित भने होइनन्। उनीहरूले खोपको विभिन्न मात्रा सीयाटलको काइसर…

 थारु समुदायमा जटिल बन्दै थालेसिमिया

बाँके : थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना रगत चढाउनुपर्ने हुनसक्छ । नेपालमा थालेसिमियाको खासै चर्चा र सोधखोज नहुँदा पहिचान,…

क्वारेन्टाइनका नेपाली भन्छन् : हामी खुसी छौं 

भक्तपुर :  सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज त्यहाँ पुग्नुभएका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका…

मास्क लगाएर मात्रै भारत जान पाइने

भीमदत्तनगर : कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा…

 कोरोनाबाट चीनमा दुई हजार बढीको मृत्यु  

 बेइजिङ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा…

हात्ती पाइलेको म्याद गुज्रिएको औषधि

रुपन्देही : प्रदेश नं– ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै…

स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष

भक्तपुर : चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो…