ज्वालादेवीमा घुम्ती रक्तदान कार्यक्रम

कीर्तिपुर : कीर्तिपुरको ज्वालादेवीमा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बुधबार बिहान कीर्तिपुर–४ ज्वालादेवी युवा क्लबको परिसरमा आयोजना गरिएको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा र ज्वालादेवी युवा क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको उद्घाटन कीर्तिपुर प्रहरी प्रभागका प्रमुख छेदीलाल कामतीले गरेका थिए ।


कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले अहिलेको विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिएका थिए ।
रक्तदान कार्यक्रमलाई देव गंगा श्री फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो । फाउन्डेसनका अध्यक्ष अमेरिका निवासी पूर्णचन्द्र बानियाँले उपलब्ध गराएको सहयोग रकम वडा अध्यक्ष बानियाँले नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाका अध्यक्ष सञ्जीव बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments