विशेष Archives | Page 97 of 242 | नेपालमाला

 

सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु   

 सङ्खुवासभा : सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

मेलम्चीको मर्मतकार्य ६० प्रतिशत सम्पन्न : चैतभित्रै काठमाडौंमा पानी आउने सम्भावना कति ?

सिन्धुपाल्चोक : गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए…

नेपाली कांग्रेसको चुनावी अभियान : घरघर जाऔं कांग्रेस जिताऔं

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । अभियानका क्रममा हरेक घरमा…

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौं : काठमाडौंको बसन्तुपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् र एकअर्कालाई अबिर…

६२ प्रतिशत नागरिकले लगाए पूर्ण मात्रा खोप, अब एक करोड मात्रा बाँकी

काठमाडौंः नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार देशभरि १ करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएका छन्। अब १ करोड १० लाख ४१ हजार ११५ नागरिकलाई पूर्ण…

आर्थिक कारणले एकै परिवारका ५ जनाले विष सेवन गरेको आशंका

काठमाडौं : नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको…

इतिहासकै कमजोर नेपाली मुद्रा

काठमाडौं : नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ…

नेपाल आयल निगमको ७ वर्षको बचत ८ महिनामै सकियो

काठमाडौं : एक वर्षदेखि निरन्तर बढेको पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यका कारण वित्तीय संकटमा परेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई मार्च महिनाको पहिलो किस्ता बापत सोमबार १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेपछि कोष…

सञ्जीवलाई तारकेश्वर नगरपालिकाको सम्मान

काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो । तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट…

युट्युब च्यानल नियमनको बाटो खुल्यो, नेटफ्लिक्सले पनि अनुमति लिनुपर्ने

काठमाडौं : सरकारले इन्टरनेटमार्फत सञ्चालन हुने टेलिभिजन सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । यसअघि सरकारसँग अनुमति नलिई सञ्चालन हुन सक्ने मिडिया/भिडियो स्ट्रिमिङ, भिडियो अन डिमान्ड (भीओडी) र  अनलाइन टिभी (इन्टरनेट टिभी) सञ्चालनका लागि अब सूचना तथा…

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं : बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका…

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

मस्को  : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ…

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि   

काठमाडौँ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण…

अनियमितता भएपछि नेपाली कांग्रेस बाराको मतदान रद्द

काठमाडौं : मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र…

नेविसंघ नेतृत्वमा ३२ वर्षमुनिको खोजी, को बन्ला अध्यक्ष ?

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र…

रुसी सेनालाई समाप्त पारिदिन्छौं : युक्रेन

किभ : युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण…

चर्चित क्रिकेटर शेन वार्नको निधन

लन्डन : अस्ट्रेलियाका चर्चित क्रिकेटर सेन वार्नको निधन भएको छ। बीबीसीका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ । वार्नको व्यवस्थापकका अनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षीय वानलाई तत्काल…