काठमाडौं : भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।
उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ । बाढीले केही तरकारी बगाएको छ भने केहीले क्रेटको चाङ पारेर तरकारी जोगाएका छन् । बागमती र बल्खु खोलाको बिच भागमा रहेको बल्खु तरकारी बजार हरेकजसो बर्खामा डुब्ने गरेको छ ।
अहिले बल्खु तरकारी बजारमा घुँडासम्म पानी जमेको छ ।

नेपालमाला
