विशेष Archives | Page 27 of 241 | नेपालमाला

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको…

दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ । राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई…

बेलायती बालबालिकाको प्रश्न : मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन : ‘मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?’ बेलायतका अधिकांश बालबालिकाको प्रश्न हो। यो प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ।  स्मार्टफोनले बालबालिकाको दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैकारण बेलायतका अधिकांश अभिभावक बालबालिकालाई स्मार्ट फोनबाट टाढा राख्न चाहन्छन्। तर, यसका…

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगञ्जबाट ३ चिनियाँ नागरिक पक्राउ

पर्सा :  पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा   चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ,   हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ…

नेपालको विजयी सुरूवात

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी शृंखला (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिल साह…

कांग्रेस महाधिवेशनमा घोषित रूपमा प्यानल बनाउन नपाउने व्यवस्था गरौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि वैधानिक व्यवस्था परिवर्तन गर्नको लागि बहस गर्नुपर्ने बताएका छन् । संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले पार्टीभित्रको गुटबन्दी अन्य गर्नका लागि महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा घोषित…

कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार…

पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको…

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। बिहीबार छानबिन समिति बनाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ। मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको…

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४…

उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएका २ विषयको परीया यही चैत्र २१ गते लिने भएको छ। विसं २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ( कोड न. ४२२ ) र शिक्षाशास्त्र सङ्काय…

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

काठमाडौं : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया…

आइतबारसम्म पानी पर्ने मौसम विभागको पूर्वानुमान, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौं : हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन दिनसम्मै वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी…

गगन थापाले पुनः सुरु गरे ‘संवाद यात्रा’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस…

सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी (तस्बिर)

काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका…

शनिबारसम्मै आकाश धुम्म रहने, राम्रोसँग नउघ्रिने

काठमाडौं : अझै दुईरतीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई(तीन…

एसईई परीक्षा सुरु

 काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।…