लण्डन : कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका…
किन टल्कन छाड्यो माछापुच्छ्रे ?
पोखरा : त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशुस गरिएको…
सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही
काठमाडौँ : सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको…
पछिल्लो २४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । २४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल…
आदिनाथमा नित्य पूजा मात्र
काठमाडौं : कीर्तिपुर–६ चोभारमा रहेको आदिनाथ मन्दिरमा यस पटक नित्य पूजा मात्र हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म लाग्ने मेला स्थगित गरी नित्य पूजा मात्र गर्न लागिएको हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ६…
जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
काठमाडौँ : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी…
पछिल्लो २४ घण्टामा ३५ सय १७ संक्रमित थपिए, १६ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९०९ जनाको पीसीआर गर्दा ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा उत्साहजनक सहभागिता
काठमाडौं : यही कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा अहिलेसम्म १५ राष्ट्रका तीन सयभन्दा…
कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
न्युयोर्क : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् ।…
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
काठमाडौँ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् ।…
स्थापना दिवसमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं : नेपाल तरुण दलले कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।…
पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण
गण्डकी : पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना…
आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै
गण्डकी : चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ«े हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको…
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका…
पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार : महाधिवेशनका विषयमा केन्द्रित हुने
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय…
विप्लव नेकपा पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ
विराटनगर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक…
