विशेष Archives | Page 164 of 241 | नेपालमाला

 

ओली समूहद्वारा प्रचण्डलाई कारबाही, खोसियो कार्यकारी हैसियत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई…

अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्छ : बादल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गरेका छन्। बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्नेमा जोड दिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल…

काठमाडौं उपत्यकामा २४४ कोरोना संक्रमित थपिए

काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १०० महिला र १४४ पुरुषसहित २४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।…

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ।  ५ हजार ५ सय १० स्वाबको पीसीआर परीक्षण गराउँदा  ६१३…

संसद विघटनविरुद्ध १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं :  नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । प्रधानमन्त्रीको…

प्रचण्ड नेपाल पक्ष शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने, २५ सय १ सदस्यीय आन्दोलन कमिटी गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ।बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन…

कांग्रेस केन्द्रीय समितिबैठक जारी, आन्दोलनको मिति तय गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने…

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। ६ हजार ५५९ जनाको स्वाब पीसीआर परीक्षण गराउँदा ७४३…

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश…

संसद् विघटनविरुद्धका रिटउपर प्रधानन्यायाधीशको एकल इजालसमा प्रारम्भिक सुनुवाइ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ। राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै…

पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। नयाँ संक्रमित हुनेमा ३१० महिला र ४१२ पुरुष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ। ७ हजार…

संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट

काठमाडौं : असंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रील रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी…

आगामी मंसिर २ गते महाधिवेशन गर्ने ओली समूहको निर्णय

काठमाडौँ : सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको  छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले…

अब जनताको दैलोमा जाऔं : प्रधानमन्‍त्री (देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ)

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीले कुनै अलमल र विवाद नगरीकन चुनावमा केन्द्रित हुन प्रधानमन्‍त्री अपिल गरेका छन्।  देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। उनले भने, साढे चार महिनापछि नयाँ प्रतिनिसभा स्थापित भइहाल्छ।  लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ र अस्थिरता…

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट

काठमाडौं : संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो…

नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको बैठक

काठमाडौं : पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका…

नयाँ परिस्थितिअनुसार काम गर्न सुरक्षा निकायलाई प्रधानमन्‍त्रीको निर्देशन

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्‍त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन्। बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर…